बेलायती प्रधानमन्त्रीले पनि भने- 'रुसले १९४५ पछिकै भीषण युद्ध गर्दैछ'

बेलायती प्रधानमन्त्रीले पनि भने- 'रुसले १९४५ पछिकै भीषण युद्ध गर्दैछ'

एजेन्सीः बेलायती प्रधानमन्त्री बोरिस जनसनले रुसले युद्धको योजना बनाएको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्ताको क्रममा बोरिसले यस्तो बताएका हुन्।

उनले आफूहरूसँग भएको प्रमाणका आधारमा रुसले योजना बनाइरहेको युद्ध सन् १९४५ यताकै भीषण हुने पनि बताएका छन्। यस्तै रुसको युद्धको योजना कुनै रूपमा सुरु भइसकेको पनि उनले बताए।

ब्रिटिस इन्टेलिजेन्सका अनुसार रुसले युक्रेनको राजधानी किभ कब्जा गर्ने किसिमले हमला गर्नेछ। उनले युद्धका कारण चुकाउनुपर्ने मानवीय जीवनको मूल्यबारे मानिसहरूले बुझ्नुपर्ने पनि बताएका छन्। 

यता अमेरिकाले पनि बारम्बार रुसले आक्रमणको योजना बनाइरहेको बताउँदै आएको छ। पछिल्लो पटक राष्ट्रपति जो बाइडेनले करिब एक लाख ९० हजार रुसी सेना युक्रेनको सीमा क्षेत्रमा तैनाथ रहेको बताएका थिए।

फागुन ८, २०७८ आइतबार ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।