प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी

काठमाडौंः आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।

आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८' प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ। यस्तै बैठकको अन्य कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा आज संसद् बैठकमा एमसीसी दर्ता गराउन चाहन्छन्। तर सत्ता गठबन्धनका दलहरूबीच नै सहमति नजुट्दा भने एमसीसीबारे ठोस निर्णय हुन सकेको छैन। सोबारेमा छलफल गर्न अहिले १० बजे सत्ता गठबन्धनको बैठक बस्दैछ।

यता प्रतिनिधि सभामा जारी एमालेको अवरोध अझै हटिसकेको छैन। १४ सांसदसहित सभामुखको राजीनामालाई बटमलाइन बनाउँदै आएको एमालेको अडानका कारण पछिल्लो ५ महिना यता संसद् बैठक अवरुद्ध भएको भएकै छ।

फागुन ८, २०७८ आइतबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।