सत्ता गठबन्धनको बैठक बस्दै, आज सहमति गर्ने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, आज सहमति गर्ने तयारी

काठमाडौंः मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बैठक बस्नेछ। 

यसअघि शुक्रबार एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति गर्न बैठक बसेको थियो। तर गठबन्धनका नेपाली कांग्रेसइतर दलका शीर्ष नेताहरूले एमसीसी यथास्थितिमा टेबल नगर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका थिए।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने देउवाको तयारी छ। 

यही फागुन १६ गतेभित्र संसद्बाट एमसीसी अनुमोदन गर्नुपर्ने कर्पोरेशनले समयसीमा तोकेको छ।

फागुन ८, २०७८ आइतबार ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।