फिलिपिन्सलाई २१९ रनको लक्ष्य

फिलिपिन्सलाई २१९ रनको लक्ष्य

काठमाडौंः नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ। टी ट्वेन्टी विश्वकप क्वालिफायरअन्तर्गत आज भइरहेको नेपाल र फिलिपिन्सको खेलमा नेपाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१८ रन बनाएको हो।

नेपालको पारीमा आज कुशल भुर्तेल नायक बने। कुशलले ६१ बलमा शानदार एक सय चार रनको पारी खेले।

यस्तै उनलाई दिपेन्द्रसिंह ऐरीले साथ दिए। दिपेन्द्रले पनि ४७ बलमा ८३ रनको शानदार पारी खेले। 

अन्य ब्याट्सम्यानहरूमा कुशल मल्ल १२ रन र लोकेश बमले ६ रनको पारी खेले। आशिफ शेख भने आज पहिलो बलमै एलबीडब्ल्यू भएका थिए।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको फिलिपिन्सले जितका लागि २० ओभरमा २१९ रन प्रहार गर्नुपर्ने हुन्छ।

फागुन ७, २०७८ शनिबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।