कुशल भुर्तेलको शानदार शतक

कुशल भुर्तेलको शानदार शतक

काठमाडौंः जारी टी ट्वेन्टी विश्वकप क्वालिफायरअन्तर्गत नेपाल र फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलले शतक प्रहार गरेका छन्। खेलको १९औं ओभरमा कुशलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन्।

कुशल यतिबेला १०० रनमा अविजित छन्। उनले ५७ बलमा शतक प्रहार गरेका हुन्। उनले १ छक्का १३ चौका प्रहार गरेका हुन्। 

नेपालको स्कोर १८ ओभर ३ बलमा २०१ रन रहेको छ। 

कुशललाई क्रिजमा दिपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन्। दिपेन्द्र ४६ बलमा ८३ रन बनाएर अविजित छन्।

फागुन ७, २०७८ शनिबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।