माछा बोक्ने गाडिमा डेढ सय किलो गाँजा

जनकपुरधाम : माछा बोक्ने गाडीमा लुकाएर लगिरहेको एक सय २६ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
उनीहरू माछा लिन आएको बताएका थिए। तर चेकजाँच गर्दा गाँजा फेला पर्यो। उनीहरूले ड्रममा गाँजा लुकाएका थिए। गाँजा बोकेको गाडिका चालक धादिङको सिद्धलेक गाउँपालिका-६ का २२ वर्षीय सुरेन्द्र बिक हुन्।
गाडीमा मकवानपुरको कैलाश गाउँपालिका-२ का ४८ वर्षीय भीमलाल मोक्तान समेत थिए। धादिङ र मकवानपुर दुवै व्यावसायिक गाँजा खेतीका लागि कहलिएको जिल्ला हो।
फागुन ७, २०७८ शनिबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।