विश्वकप क्वालिफायर: कुशल भुर्तेलको अर्धशतक

विश्वकप क्वालिफायर: कुशल भुर्तेलको अर्धशतक

काठमाडौंः जारी आईसीसी विश्वकप क्वालिफायरमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। खेलको नवौं ओभरमा गुरभुपिन्दर चौहानको बलमा उनले अर्धशतक प्रहार गरेका हुन्।

यतिबेला कुशल ३४ बल खेल्दै ५४ रनमा अविजित छन्। उनलाई क्रिजमा साथ दिइरहेका छन्- दिपेन्द्रसिंह ऐरीले। 

हाल खेलमा १०औं ओभर चलिरहँदा नेपालको स्कोर २ विकेटको क्षतिमा ८९ रन रहेको छ।

फागुन ७, २०७८ शनिबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।