सर्लाही जिल्लाकै उत्कृष्ट नगरपालिका भयो 'हरिवन'

सर्लाहीः हरिवन नगरपालिका सर्लाही जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ। नगर विकास कोषले ३४औं वार्षिकोत्सवको अवसरमा यस वर्षको उत्कृष्ट नगरपालिकामा हरिवनलाई छनोट गरेको हो।
यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेललाई कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये हरिवनले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदर पत्र पनि प्रदान गरेकी थिइन्। कोषको लगानीमा हरिवन नगरपालिका–११ को बजारमा सुविधासम्पन्न व्यावसायिक भवन निर्माण गरिएको छ भने अन्य योजना पनि सञ्चालनमा रहेको नगरप्रमुख गणेशप्रसाद प्रसाईंले बताए।
यसअघि कोषको ३३औं वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित भएको थियो। कोषले लगानी गरेका आयोजनाको आधारमा मूल्याङकन गर्दै उत्कृष्ट नगरपालिका घोषणा गर्दै आएको छ।
फागुन ७, २०७८ शनिबार १२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।