टस हारेर नेपाल पहिला ब्यटिङ गर्दै

काठमाडौंः जारी आईसीसी टी ट्वेन्टी विश्वकप क्वालिफायरअन्तर्गतको आजको खेलमा नेपाल र फिलिपिन्स भिड्दैछन्। हालै सम्पन्न टस फिलिपिन्सले जितेर फिल्डिङ रोजेको छ।
११:४५ बाट सुरु हुने खेलमा नेपाल उच्च स्कोर बनाउने लक्ष्यसहित मैदान प्रवेश गर्नेछ। पहिलो पटक नेपालसँग भिड्न लागेको फिलिपिन्सका लागि नेपालको ब्याट्सम्यानलाई रोक्नु मुख्य चुनौति हुनेछ।
नेपालको प्लेइङ इलेभेनमा आज दुई खेलाडी परिवर्तन भएका छन्। गुलशन झा आज डेब्यू गर्दैछन् भने शरद भेषावकरको स्थानमा कुशल मल्ल टीममा अटाएका छन्।
यी हुन् फिलिपिन्सविरुद्ध मैदानमा उत्रने ११ नेपाली खेलाडी
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, अभिनाश बोहरा र गुलशन झा।
फागुन ७, २०७८ शनिबार ११:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।