रुस-युक्रेन तनाव: लुहान्स्कमा बम विस्फोट, बैंकहरूमाथि साइबर हमला

रुस-युक्रेन तनाव: लुहान्स्कमा बम विस्फोट, बैंकहरूमाथि साइबर हमला

एजेन्सीः रुस र युक्रेनबीच जारी तनावकै क्रममा युक्रेनको शहर लुहान्स्कमा शक्तिशाली बम विस्फोट भएको छ। विस्फोट ग्यास पाइपलाइन "दुर्ज्भामा" मा भएको हो।

यस्तै युक्रेनी बैंकहरूमा पनि हालैका दिनमा साइबर हमला भइरहेको छ। अमेरिकाले भने सो साइबर हमला रुसले युक्रेनी रक्षा मन्त्रालय लगायत सरकारी संस्थाहरूलाई लक्षित गरी गरेको बताएको छ। यता रुसले यसमा सत्यता नभएको उल्लेख गरेको छ।

अमेरिकाको लागि रुसी दूतावासले यसमा आफूहरूको संलग्नता नरहेको जनाएको छ। "हामी [अमेरिकी] प्रशासनको निराधार आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौं र उल्लेख गरिएका घटनाहरूमा रुस संलग्न थिएन र साइबर स्पेसमा कुनै दुर्भावनापूर्ण कार्यहरू नगरेको कुरामा जोड दिन्छौं", दूतावासले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ।

फागुन ७, २०७८ शनिबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।