युद्ध र कूटनीतिमध्ये एक रोज्न रुसलाई बाइडेनको निर्देशन

एजेन्सीः अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमण गर्ने दावी गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदो दिनमै युक्रेनमाथि आक्रमण गर्ने उनले बताए।
बाइडेनका अनुसार अमेरिकी इन्टेलिजेन्स रिपोर्टले यस्तो सूचना ल्याएको हो। र युक्रेनको राजधानी किभमा सबैभन्दा पहिलो हमला हुने उनले बताएका छन्।
बाइडेनले भनेका छन्- 'अहिलेको अवस्थासम्मा उनले निर्णय लिइसकेका छन्।' यता रुसले भने बाइडेनको अभिव्यक्ति सही नभएको बताएको छ।
अमेरिकाले भने करिब एक लाख ७० हजारदेखि एक लाख ९० हजारको सङ्ख्यामा रुसी अधिकारीहरू युक्रेनमा र युक्रेनको आसपासमा रहेका छन्। यीमध्ये थुप्रै रुसी लडाकु हुन्।
बाइडेनले रुससँग विकल्प भएको बताउँदै युद्ध र कूटनीतिमध्ये एक रोज्न पनि निर्देशन दिएका छन्।
फागुन ७, २०७८ शनिबार ०९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।