एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौंः नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्ने भएको छ। एमसीसीबारे छलफल गर्न आज बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्ने भएको हो।

एकीकृत समाजवादी एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने पक्षमा छ। तर सत्ता गठबन्धनको नेतृत्त्वकर्ता नेपाली कांग्रेस भने एमसीसी जस्ताको त्यसतै संसद्मा पेश गर्ने र पारित गर्ने पक्षमा देखिँदा गठबन्धन नै संकटमा परेको छ।

यता माओवादी केन्द्रले पनि प्रधानमन्त्रीले जबर्जस्ती एमसीसी टेबल गरे आफूले सत्ता गठबन्धन छोड्ने चेतावनी दिँदै आएको छ।

फागुन ७, २०७८ शनिबार ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।