नेतृ रञ्जु दर्शनाको इन्गेजमेन्ट

नेतृ रञ्जु दर्शनाको इन्गेजमेन्ट

काठमाडौँ : विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाले विवाह गर्ने भएकी छिन्। विवेकशील नेपाली दलबाट काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेर चर्चामा आएकी उनले किशु कुइँकेलसँग विवाह गर्न लागेकी हुन्।

दर्शना आफैँले आफ्नो इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेकी हुन्। विवेकशील साझामा पछिल्लो समय बढेको वैचारिक विवादका कारण उनी राजनीतिमा त्यति सक्रिय देखिएकी छैनन्।

फागुन ६, २०७८ शुक्रबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।