संसद् सरे पनि सरेन विरोध प्रदर्शन, बानेश्वरमा 'नो एमसिसी'को नारा

संसद् सरे पनि सरेन विरोध प्रदर्शन, बानेश्वरमा 'नो एमसिसी'को नारा
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : अमेरिकी सहयोग परियोजना संसद्मा टेबल गर्नेबारे सत्ताधारी दलबिच सहमति हुन नसक्दा शुक्रवार बसेको संसद्को बैठक पनि औपचारिकता पुरा गरेर सर्यो। संसद् स्थगित भएपछि दलका नेताहरू आन्तरिक छलफलमा छन्। तर उसका भातृ सङ्गठनहरू भने नयाँबानेश्वर क्षेत्रमा विरोध प्रदर्शनमा छन्।

सरकारमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ सङ्गठनसँगै सरकार बाहिर रहेका साना दलहरू समेत प्रदर्शनमा सहभागी छन्। उनीहरूले एमसिसीको विरोधमा नाराबाजी गर्दै सडकमा टायर बालिरहेका छन्। विरोध प्रदर्शनका कारण सो क्षेत्रको यातायात आवागमन प्रभावित भएको छ।

फागुन ६, २०७८ शुक्रबार १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।