गगनले भने : एमसिसीमा कुरा नमिले गठबन्धन चल्दैन

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा कुरा नमिले गठबन्धन कायम नरहने बताएका छन्।
शुक्रवार बसेको संसद् बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमसिसीबारे संसद्मा सङ्कल्प प्रस्ताव पास गरेर टेबल गर्ने अनि आफ्नो रोजाइ अनुसार मत दिएर अगाडि बढ्नुपर्ने बताए।
अहिले यही विषयमा छलफल भइरहेको बताउँदै उनले यस विषयमा गठबन्धनबिच यही विषयमा कुरा मिले गठबन्धन अगाडि बढ्ने नत्र अगाडि बढ्न नसक्ने बताए।
‘एमसिसीबारे कुरा मिल्यो भने गठबन्धन चलिराख्छ। कुरा मिलेन भने गठबन्धन चल्दैन,’ उनले भने।
गठबन्धनमा रहेका दलले एमसिसीलाई आगामी निर्वाचनपछि पारित गर्ने गरी पर सार्न आग्रह गरिरहेका छन्। थापा भने यसमा सहमत देखिएनन्। अहिले राष्ट्रघाती हुने एमसिसी निर्वाचनपछि राष्ट्रवादी हुन नसक्ने भन्दै यसलाई तत्काल टुङ्गो लगाउनुपर्ने बताए।
फागुन ६, २०७८ शुक्रबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।