बालाजुमा दुई जनालाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका-१६ बालाजुको गंगाहल नजिक बिहीबार बिहान दुई जनालाई ठक्कर दिएर फरार भएका सवारी चालक धादिङ सिद्धलेख गाउँपालिका-४ का २९ वर्षीय प्रदीप थपलिया पक्राउ परेका छन्। हिट एण्ड रन अभियोगमा शक्रबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो।
ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका-५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका-१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो।
दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङ, धादिङबेशीबाट बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बससहित पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको हो।
घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
फागुन ६, २०७८ शुक्रबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।