विवादित 'भाइरल म्यान' ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरे

विवादित 'भाइरल म्यान' ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरे

काठमाडौँ : ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ मार्फत भ्रष्टाचार विरोधी अभियानमा संलग्न विवादित पृष्ठभूमिका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ।

शाही ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ सँगै राप्रपामा प्रवेश गरेका हुन्।  शुक्रवार राप्रपा केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई स्वागत गरे।

शाही सामाजिक सञ्जालमार्फत विवादित बयान दिएर चर्चामा आउन खप्पिस छन्। अमेरिकी सहयोग परियोजनाविरुद्ध सक्रियमध्ये उनी पनि एक हुन्। विवादित बयान र व्यवहारका कारण उनी पटक-पटक पक्राउ पर्ने र कुटिने गरेका छन्। उनी आफूलाई सामाजिक अभियन्ताको रूपमा चिनाउन रुचाउँछन्।

फागुन ६, २०७८ शुक्रबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।