एक सय १८ रनको लक्ष्य पछ्याएको ओमानले ७ ओभरभित्रै गुमायो ४ विकेट

एक सय १८ रनको लक्ष्य पछ्याएको ओमानले ७ ओभरभित्रै गुमायो ४ विकेट
तस्बिरः ओएसआर स्पोर्ट्स

काठमाडौंः टी ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरअन्तर्गत नेपाल र ओमानविरुद्धको खेलमा यतिबेला ओमान ब्याटिङ गर्दैछ। नेपालले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको ओमानले पहिलो ७ ओभरमै आफ्नो ४ विकेट गुमाएको छ।

घरेलु मैदानमा ओमानले नेपाललाई उच्च स्कोर बनाउन रोके पनि आफ्नो विकेट भने जोगाउन सकेको छैन। नेपालका लागि जितेन्द्र मुखिया र कमलसिंह ऐरीले एक-एक विकेट लिएका हुन्। यस्तै जतिन्दर सिंहलाई नेपालका दिपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन्।

ब्याटिङतर्फ नेपालका लागि आज आरिफ शेखले सर्वाधिक ३८ रन जोडे। यस्तै कप्तान सन्दीप लामिछानेले १६ रन जोड्दा लोकेश बमले पनि १६ रन नै बनाए। ज्ञानेन्द्र मल्ल आज १५ रन बनाएर आउट भए। यस्तै दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमलसिंह ऐरीले १ रन बनाए।

हाल खेलमा ७औं ओभर चलिरहेको छ। ओमानले ३१ रन बनाएर ४ विकेट गुमाइसकेको छ।

फागुन ६, २०७८ शुक्रबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।