प्रतिनिधि सभा आज पनि स्थगित, अर्को बैठक आइतबार बस्ने

प्रतिनिधि सभा आज पनि स्थगित, अर्को बैठक आइतबार बस्ने

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बसेको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका कारण स्थगित भएको हो।

प्रतिनिधि सभाको अर्को बैठक फागुन ८ गते आइतबार दिनको १ बजे बस्नेछ।

यसअघि एमालेको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीतर्फ लग्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्न अनुमति दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मन्त्री बडूले संसद्मा प्रतिवेदन पेश गरेका थिए।

फागुन ६, २०७८ शुक्रबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।