तत्कालीन अर्थमन्त्री खतिवडाको वाचन पत्र: एमसीसीले ५० लाख घरधुरी लाभान्वित हुने

तत्कालीन अर्थमन्त्री खतिवडाको वाचन पत्र: एमसीसीले ५० लाख घरधुरी लाभान्वित हुने

काठमाडौंः एमसीसी सम्झौता २०७६ असार ३० गते संसदमा दर्ता भएको थियो। त्यो बेला प्रधानमन्त्री थिए- केपी शर्मा ओली र अर्थमन्त्री थिए- डा. युवराज खतिवडा।

आफैँले संसद्मा दर्ता गराएको विषय राष्ट्रहित विपरीत रहेको र त्यसको जवाफ संसद्मा नै दिने ओलीको जवाफ छ। तर, तत्कालीन अर्थमन्त्री खतिवडाले संसद्मा एमसिसी टेबल गर्दा वाचन गर्ने मन्तव्य पत्र बाहिरिएको छ।

पत्रमा उनले २०४७ को व्यवस्थाअनुसार सम्झौताको धारा ७ मा उल्लिखित 'The parties understand that this compact upon entry into force, will prevail over the domestic laws of Nepal' अर्थात् 'दुवै पक्ष यो कुरालाई आत्मसात गर्छ कि, यो सम्झौता लागू भएको अवस्थामा यो नेपालको आन्तरिक कानूनमा हावी हुनेछ' भन्ने प्रावधानलाई प्रभावकारी तुल्याउन सो सम्झौता प्रतिनिधि सभाको सामान्य बहुमतबाट अनुमोदन गरिनुपर्ने देखिएकाले सोहीबमोजिम अग्रिम कारबाही गर्नुपर्ने भनी राय प्राप्त भएको भनि उल्लेख गरेका छन्।

२०७५ माघ २५ गतेको मन्त्रिपरिषद्को बैठकले एमसीसी संसद्मा पेश गर्ने निर्णय गरेको थियो। उनले एमसीसी परियोजनबाट ५० लाख घरधुरी लाभान्वित हुने उल्लेख गरेका छन्।

फागुन ६, २०७८ शुक्रबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।