तोलामा चार सयले वृद्धि भयो सुनको मूल्य

तोलामा चार सयले वृद्धि भयो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले वृद्धि भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार कायम भएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै रु एक हजार तीन सय पाँच कायम भएको छ।

फागुन ६, २०७८ शुक्रबार १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।