कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौंः कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले समितिको बैठक बोलाएका थिए।

समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित छ। सत्ता गठबन्धनको जनता समाजवादी पार्टी भने उपस्थित रहेको छ।

यसअघिको ४ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यी दुवै दल अनुपस्थित थिए।

फागुन ६, २०७८ शुक्रबार १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।