गठबन्धको शीर्ष नेताहरूको बैठक आइतबार पुनः बस्ने

गठबन्धको शीर्ष नेताहरूको बैठक आइतबार पुनः बस्ने

काठमाडौंः सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक सकिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी प्रमुख स्वकीय सचीव गंगा दाहालका अनुसार बैठक आइतबार पुनः बस्नेगरी सकिएको हो।

अर्को बैठक आइतबार बिहान १० बजे बस्नेछ। 

एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो। यसअघि सत्ता गठबन्धनका नेपाली कांग्रेसइतर दलका शीर्ष नेताबीच बसेको बैठकले एमसीसी यथास्थितिमा टेबल नगर्ने सहमति गरेको थियो।

फागुन ६, २०७८ शुक्रबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।