दुई दिन बांकीहुँदै राष्ट्र उत्थानको शेयरको माग २७ प्रतिशत बढी

काठमाडौँ : राष्ट्र उत्थान लघुवित्तको आइपीओका लागि झन्डै १९ लाख जनाको आवेदन परेको छ। शुक्रवार बिहानसम्म २ अर्ब २१ करोड ५१ लख ५४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो।
आवेदन दिने समय अझै बाँकी भएकाले आवेदक थप बढ्नेछन्।
शुक्रवार बिहान १० बजेसम्ममा १८ लाख ८९ हजार ६७२ जनाले २ करोड २१ लाख ५१ हजार ५४० कित्ताका लागि आवेदन दिइसकेका छन्। शुक्रवारै सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्ताभन्दा २७.८८ गुणा बढी आवेदन परिसकेको छ।
कम्पनीले फागुन ४ गतेबाट ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपिओ जारी गरेको हो। यसमा सर्वसाधारणले ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्। बांकी संस्थापक संस्था र कर्मचारीका लागि छुटाइएको छ।
सेयरका लागि फागुन ८ सम्म आवेदन दिन सकिन्छ। न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ।
फागुन ६, २०७८ शुक्रबार ११:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।