कलङ्कीमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौंः कलङ्की ढुंगेअड्डाको एक पम्पमा 'नो एमसीसी' लेखेर छाडिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ। प्रेसर कुकर बम जस्तो देखिने वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको थियो। उनका अनुसार हाल सो वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारिसकेको छ।
शंकास्पद वस्तु भेटिएसँगै नागढुङ्गा हुँदै काठमाडौं उपत्यका भित्रिने तथा काठमाडौं बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका थिए। सरकारले आजै संसद्मा एमसीसी टेबल गर्ने तयारी गरिरहँदा बम जस्तो देखिने वस्तु फेला परेको हो।
फागुन ६, २०७८ शुक्रबार ०९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।