ट्याक्टरको रोटाभेटरमा च्यापिँदा एक जनाको मृत्यु

बाँकेः जिल्लाको जानकी गाँउपालिका-४ बेलनियमा हिजो साँझ रोटाभेटरमा च्यापिँदा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका १३ वर्षीय किशोर रोहत कार्कीको मृत्यु भएको हो।
भे२त ४४० नम्बरको ट्याक्टरमा कार्कीले रोटाभेटर जडान गर्ने क्रममा, ट्याक्टर अचानक स्टार्ट गरी चालकले अगाडि बढाउँदा कार्की च्यापिएका थिए। उपचारको क्रममा उनको नर्सिङ्ग होम नेपालगञ्जमा मृत्यु भएको हो।
हिजो साँझ साढे ६ बजे भएको दुर्घटनामा संलग्न चालकलाई ट्याक्टरसहित ईलाका प्रहरी कार्यालय खुद्राबजार बाँकेले नियन्त्रणमा लिएको छ।
फागुन ६, २०७८ शुक्रबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।