विश्वकप क्वालिफायर: नेपाल आज ओमानसँग भिड्दै

विश्वकप क्वालिफायर: नेपाल आज ओमानसँग भिड्दै

काठमाडौंः नेपाल र ओमानबीच आज वर्ल्ड टी ट्वेन्टी क्वालिफायरअन्तर्गतको खेल हुँदैछ। ग्लोबल छनोटको समूह 'ए' को पहिलो खेलमा नेपाल र ओमान भिड्न लागेका हुन्।

खेल ओमानकै अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:४५ बाट सुरु हुनेछ। दुवै टोली पहिलो खेल जित्ने लक्ष्यसाथ मैदानमा उत्रनेछन्। यसअघि भएको चार देशीय श्रृङ्खलामा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

ओमान जिसान मक्सुदको कप्तानीमा मैदान उत्रदाँ नेपाल सन्दीप लामिछानेको नेतृत्त्वमा हुनेछ।

नेपालले फेब्रुअरी १९ मा दोस्रो खेलमा फिलिपिन्सको सामना गर्नेछ। यस्तै तेस्रो खेल फेब्रुअरी २१ मा क्यानेडाविरुद्ध खेल्ने तालिका रहेको छ। चार टोली सम्मिलित समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै समूह 'बी'बाट पनि शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्। 

यी चार टोलीबाट फाइनलमा पुग्ने दुई टोलीले यही वर्षको अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी ट्वेन्टी विश्वकपमा सहभागी हुनेछन्।

फागुन ६, २०७८ शुक्रबार ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।