सरकार आज एमसीसी टेबल गर्ने तयारीमा: सत्ता गठबन्धनको बैठक बस्दै

सरकार आज एमसीसी टेबल गर्ने तयारीमा: सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौंः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसद्मा टेबल गर्ने तयारी गरिएको छ। सोही सन्दर्भमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरूको बैठक आज बिहान १० बजे बोलाइएको छ।

यसअघि बिहीबार साँझ सत्ता गठबन्धनको बैठक बसे पनि टुङ्गो लाग्न सकेको थिएन। यता प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता घटकहरूसँग सहमति हुन नसकेपछि हिजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। 

यस्तै सहमति गर्ने नाममा झुलाएको भन्दै हिजो बसेको गठबन्धनको बैठकमा देउवाले चेतावनीको भाषामा आज सरकारले संसद्मा एमसीसी टेबल गर्ने बताएका थिए।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। सो बैठकको सम्भावित कार्यसूचीमा एमसीसी रहेको छैन। प्रतिनिधि सभाको बैठकअघि बिहान ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

गठबन्धनमा सहमति भए समितिले एमसीसी टेबल गर्ने एजेण्डा तय गर्ने बताइएको छ।

फागुन ६, २०७८ शुक्रबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।