माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पाः जिल्लाको तिनाउ गाउँपालिका-२ खुलखुलेमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ। माछा मार्ने क्रममा २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो।

बिहीबार साँझ करिब ७ बजे दोभान खोलामा माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फागुन ६, २०७८ शुक्रबार ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।