ढुंगेअड्डाको कालिका पेट्रोल पम्पमा नो एमसिसी लेखेको कुकर फेला पर्यो, बमको शंका

काठमाडौँ : कलङ्की ढुंगेअड्डाको एक पम्पमा नो एमसिसी लेखेर प्रेसर कुकर छाडेको फेला परेको छ। कालिका पेट्रोल पम्पमा प्रेसर कुकर फेला परेको हो।
पम्पमा नो एमसिसी लेखेर छाडेको कुकर फेला परेपछि विस्फोटक पदार्थ भएको आशङ्कामा सो क्षेत्र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। प्रहरी र सशस्त्रसँगै सो स्थानमा नेपाली सेना समेत पुगेको छ।
विस्फोटक पदार्थ भएको खण्डमा पम्प भएकाले निकै जोखिम हुने भएकाले सेनाले बम डिस्पोजको प्रयास गरिरहेको छ। अमेरिकी सहयोग सम्झौताको विरोध भइरहे पनि यसरी विस्फोटक पदार्थ राख्ने शङ्कास्पद गतिविधि भने भएको थिएन। सरकारले आज सो सम्झौता संसद्मा टेबल गर्ने तयारी गरिरहेको छ।
फागुन ६, २०७८ शुक्रबार ०६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।