गठबन्धन बैठकबारे सरकारी प्रवक्ताले भने'एमसिसी सार्वभौम संसदबाट टुङ्गो लाग्छ

गठबन्धन बैठकबारे सरकारी प्रवक्ताले भने'एमसिसी सार्वभौम संसदबाट टुङ्गो लाग्छ

काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा सरकारी प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले तीन घण्टा बसेको सत्ता गठबन्धन दलको बैठकमा अमेरिकी सहयोग परियोजनाबारे निष्कर्ष नआएको जानकारी दिएका छन्।

बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा मुलुकको विकसित राजनीतिक घटनाक्रम, संसद् कसरी सुचारु गर्ने र एमसिसीलाई सार्वभौम संसद्मा छलफल गरेर कसरी निकास दिने भन्नेमा केन्द्रित रहेको तर निष्कर्ष नआएकाले शुक्रवार बिहान १० बजे पुन बैठक बस्ने जानकारी दिए।

'सम्माननीय प्रधानमन्त्रीज्युले पूर्ववर्ती सरकारले अगाडि बढाएको एमसिसी फागुन १६ गतेसम्ममा निष्कर्षमा पूर्याउन संसद्मा टेबल गर्नुपर्ने बताउनुभएको छ। तीन घण्टासम्म गम्भीर छलफल भयो। छलफल निष्कर्षमा पुर्याउने गरी भइरहेको छ। तर निष्कर्षमा नआइसकेकाले तपाईँहरूले यो भन्दा बढी म बाट पाउनुहुन्न।'

उनले गठबन्धनमा रहेका पाँच दलमध्ये चार दल सरकारमा रहेको र सबै दलका आ-आफ्ना विचारहरू रहे पनि एमसिसी सार्वभौम संसदबाट टुङ्गो लाग्ने दाबी गरेका थिए।

फागुन ५, २०७८ बिहीबार २०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।