संसद् अवरोध खुल्नुपर्ने प्रचण्डको अडानले निष्कर्षमा पुगेन पाँच दलको बैठक

काठमाडौँ : अमेरिकी सहयोग परियोजनाबारे सहमति जुटाउन बसेको सत्ता घटक दलका नेताहरूको बैठक निष्कर्षमा नपुगी टुङ्गिएको छ। संसद्मा सम्झौता टेबल गर्ने कांग्रेसको प्रस्तावमा माओवादी केन्द्रले संसद्को गतिरोध हट्नुपर्ने सर्त राखेकाले बिहीबारको बैठक निष्कर्षमा पुग्न सकेन।
पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार भोलि शुक्रवार बिहान १० बजे बालुवाटारमा सत्ता घटकका शीर्ष नेताहरूबिच मात्रै बैठक बस्ने भएको छ। आजको बैठकमा दलका अन्य नेताहरू समेत बैठकमा सहभागी थिए।
सरकारले शुक्रवार संसद्मा एमसिसी टेबल गर्ने तयारी गरेको छ। बुधवार टेबल गर्ने प्रयास सफल नभएपछि शुक्रवारको संसद् बैठकमा सम्झौता टेबल गर्ने प्रयास गरे पनि सत्ताधारी दलहरूबिचै सहमति हुन सकेको छैन।
सहमतीकै लागि बिहीबार बोलाइएको बैठक पनि सहमतिमा पुग्न सकेन।
फागुन ५, २०७८ बिहीबार १९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।