चर्चको गेटमा बम राखेर तर्साउनेहरू एक वर्षपछि पक्राउ परे

चर्चको गेटमा बम राखेर तर्साउनेहरू एक वर्षपछि पक्राउ परे

झापा : हिमाल सुरक्षा परिषद्को नाममा सार्वजनिक स्थान र धार्मिक स्थलमा शङ्कास्पद वस्तु राखेको आरोपमा प्रहरीले ९ जनालाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको छ। उनीहरूले झापाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखेको प्रहरीको दाबी छ।

बिर्तामोड नगरपालिका-४ स्थित पश्चिम बस स्टेण्डमा  गत माघ ९ गते बम जस्तो देखिने शङ्कास्पद प्रेसर कुकर र 'हिमाल सुरक्षा परिषद्' नामको पर्चाहरू फेला परेको थियो। माघ १३ गते दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शङ्कास्पद बस्तु र पर्चाहरू फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले सुमन कुमार कार्की, भीष्म थापा, देवी बास्कोटा(गुरागाईँ), कुमार भन्ने यमदत्त सिटौला, सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, आनन्द भन्ने अनन्त प्रसाद गिरी, प्रदीप थापा, विजय कुमार दास हलुवाई र मनमोहन दाहाललाई पक्राउ गरेको हो।

फागुन ५, २०७८ बिहीबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।