काठमाडौँ उपत्यकामा स्मार्ट शहर बनाउन रोकिएको जग्गा फुकुवा हुँदै

काठमाडौँ : स्मार्ट सिटीको नाममा लामो समयदेखि रोक्का भएको काठमाडौँ उपत्यकाका तीन जिल्लाको जग्गा फुकुवा हुने भएको छ। स्मार्ट सिटी बनाउन काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा रहेका निजी जग्गाको कित्ताकाट र भौतिक संरचना परिवर्तन गर्न सरकारले रोकेको थियो।
नामकरण गरिए पनि लामो समयसम्म डिपिआर समेत पारित हुन नसक्दा सर्वसाधारण मर्कामा परेका थिए। प्राधिकरणले २०७४ असार ५ गते राजपत्रमा प्रकाशित गर्दै एक लाख ३० हजार रोपनी जग्गा रोकेको छ। जग्गा तीन वर्षका लागि रोकेको थियो। २०७७ असार ४ मा रोक्काको समय सकिए पनि फुकुवा भने भएको छैन।
काठमाडौँमा ईशान शहर बनाउन कागेश्वरी मनोहरा तथा शंखरापुर क्षेत्रको १ लाख रोपनी, भक्तपुरको सूर्य विनायक चोकदेखि सूर्य विनायकसम्ममा आग्नेय शहर बनाउन १० हजार रोपनी र खोकना क्षेत्रमा नैऋत्य सहरका लागि १० हजार रोपनी र भिल्ली, सोमतीर्थ दोभान, भूतखेल क्षेत्रमा हरित सहर बनाउन १० हजार रोपनी जग्गा रोक्का राखेको थियो।
फागुन ५, २०७८ बिहीबार १८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।