फुटबलर हरि खड्काको शैक्षिक प्रमाण पत्र नक्कली, अदालतले तोक्यो पाँच हजार जरिवाना

काठमाडौँ : अदालतले प्रहरीमा बढुवाका लागि फुटबलर हरि खड्काले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग अनुसार विशेष अदालतले खड्काले पेस गरेको प्रमाण पत्र नक्कली भएको ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना सुनाएको छ।
बिहीबार न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले पेस गरेको माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रवीणता प्रमाणपत्र तह (आइए) को प्रमाणपत्र नक्कली भएको फैसला गरेको हो।
उनले आइएको प्रमाणपत्र २०५५ कात्तिक १ गते पेस गरेर प्रहरी सहायक निरीक्षकमा नियुक्त भएर प्रहरी क्लबमा आबद्ध भएका थिए। उनी २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए। अख्तियारबाट मुद्दा दायर भएपछि उनले आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्र सक्कली नै रहेको तर हराएकाले ओर्जिनल पेश गर्न नसकेको दाबी गरेका थिए।
फागुन ५, २०७८ बिहीबार १८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।