एमसिसीमा सहमति जुटाएर गठबन्धन जोगाउने अन्तिम कसरत, बालुवाटारमा सुरु भयो बैठक

काठमाडौँ : अमेरिकी सहयोग नियोग एमसिसीबारे निर्णय गर्न बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। एमसिसीबारे सहमति नभएपछि अन्तिम कसरका लागि बैठक बसेको हो।
बुधवारै संसद्मा एमसिसी सम्झौता टेबल गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय मागेपछि टेबल हुन सकेन।
सरकारले शुक्रवार एमसिसी टेबल गर्ने तयारी गरेको छ। त्यसैका लागि सत्ता गठबन्धनमा रहेका दलहरूबिच सहमति जुटाउन बालुवाटारमा बैठक राखिएको हो। माओवादी केन्द्र र एकीकृत समाजवादीले जवर्जस्ती टेबल भए सरकार छाड्ने चेतावनी दिएका छन्। त्यसैले आजको बैठकमा एमसिसी टेबल गर्ने विषयमा सहमति नभए सत्ता गठबन्धन समेत टुट्न सक्छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसीमा सहमति नगरे नयाँ गठबन्धन बनाउन नेपाली कांग्रेसले एमालेसँग समेत संवाद अगाडि बढाइसकेको छ। कांग्रेस र एमालेबिच पाँच बुँदामा छलफल भइरहेको छ। यसको संयोजन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरिरहेको कांग्रेस स्रोतले बतायो।
फागुन ५, २०७८ बिहीबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।