देउवाको इच्छामा धितोपत्र बोर्डको नेतृत्वमा होटेल व्यवसायी हमाल

देउवाको इच्छामा धितोपत्र बोर्डको नेतृत्वमा होटेल व्यवसायी हमाल

काठमाडौँ : सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेकोमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

सर्वोत्तम सिमेन्टको सेयर विवादमा परेका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले पदमुक्त गरेपछि समितिले हमालसँगै नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमा कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो।

डोटीका हमालले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन्। बैंककबाट उनले इन्टरनेसनल बिजनेस एन्ड फाइनान्समा स्नातकोत्तर गरेका छन्। उनी अहिले होटेल व्यवसायमा संलग्न छन्।

फागुन ५, २०७८ बिहीबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।