कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२४ घण्टामा देशभर ९ हजार ७ सय ८९ नमुना परीक्षण गरिएको थियो। ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३ सय ६४ र दुई हजार ७ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ६ गरी ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
२४ घण्टामा एक हजार ९ सय ९३ जना सङ्क्रमणमुक्त भएका छन्। देशभर १६ हजार ६ सय १६ सक्रिय सङ्क्रमित छन्। १७ हजार ५ सय ८० सक्रिय सङ्क्रमित होम आइसोलेसनमा र ६ सय ७१ जना संस्थागत आइसोलेसनमा छन्।
यीमध्ये १ सय ५६ जना आइसियुमा र २६ जना भेन्टिलेटरमा उपचाररत छन्।
फागुन ५, २०७८ बिहीबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।