अर्काको नक्कली फेसबुक प्रोफाइल बनाएर अश्लील सन्देश राखेको आरोपमा युवक पक्राउ

काठमाडौँ : अर्काको नाममा नक्कली फेसबुक पेज बनाएर नग्न तस्बिर र अश्लील स्टाटसहरु राखेको आरोपमा २५ वर्षका राजन श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले बुटवल देवीनगरका श्रेष्ठलाई साइबर क्राइम गरेको आरोपमा पक्राउ गरेको हो।
ब्युरोका अनुसार श्रेष्ठमाथि अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेकी एक युवतीको नाममा फेसबुकमा नक्कली प्रोफाइल बनाएर अश्लील तस्बिर र भिडियो राखेर युवतीको आफन्त र साथीभाइलाई पठाएको आरोप छ। उनले युवतीको नाममा अश्लील स्टाटस राखेर सेयर गर्ने गरेको समेत आरोप छ।
काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर श्रेष्ठलाई प्रहरीले हिरासतमा राखेको छ।
फागुन ५, २०७८ बिहीबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।