विवाह चलिरहँदा इनारमा खसेर १३ महिला र एक बालिकाको मृत्यु

विवाह चलिरहँदा इनारमा खसेर १३ महिला र एक बालिकाको मृत्यु

एजेन्सीः भारतको उत्तर प्रदेश राज्यको कुशीनगरमा एक विवाह समारोह चलिरहँदा इनारमा खसेर १३ महिला र एक बालिकाको मृत्यु भएको छ। भारतीय प्रहरीका अनुसार मृतकहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए।

इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरूको तौल खप्न नसकेपछि उनीहरू खसेका र भग्नावशेषमुनि दबिएका बताइएको छ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हृदयविदारक’ भएको बताउँदै स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको ट्वीटमार्फत बताएका छन्। 

यसअघि सन् २०१७  मा उत्तरपश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भइरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो।

फागुन ५, २०७८ बिहीबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।