डल्लुबाट चार थान ढलौटको मूर्तिसहित दुई किशोर पक्राउ

डल्लुबाट चार थान ढलौटको मूर्तिसहित दुई किशोर पक्राउ

काठमाडौंः प्रहरीले काठमाडौं महानगरपालिका-१५ डल्लु पुलनजिकबाट ४ थान ढलौटको मूर्तिसहित दुई जनालाई मंगलबार बिहान पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईकुण्ड नगरपालिका-५ घर भएका २ जना १८/१८ वर्षीय किशोर रहेका छन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरु फेला पारी पक्राउ गरेको हो।

उनीहरूउपर चोरी गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको छ। 

फागुन ५, २०७८ बिहीबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।