करिब तीन लाखको नेपाली नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौंः नेपाल प्रहरीले नेपाली नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका दुई सय ९४ थान नक्कली नेपाली नोटसहित चार जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका-१२ घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह, रौतहट राजपुर नगरपालिका-३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका-६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका-९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन्।
उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोटसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
फागुन ५, २०७८ बिहीबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।