२ बजे मन्त्रिपरिषद्, ५ बजे गठबन्धनको बैठक

काठमाडौंः आज दिउँसो ३ बजेका लागि तय गरिएको सत्ता गठबन्धनको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो हुने भएको छ। एमसीसी संसद्मा टेबल गर्ने विषयमा छलफल गर्न आज निर्णायक बैठक बस्न लागेको थियो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तापछि गठबन्धनको बैठकलाई साँझ ५ बजेका लागि तय गरिएको छ।
यस्तै आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। सत्ता गठबन्धनको बैठकको समयमा मन्त्रिपरिषद्को बैठक चलिरहने भएकाले गठबन्धनको बैठकलाई केही पर ढकेलिएको हो।
फागुन ५, २०७८ बिहीबार ११:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।