बालाजुमा बिहानै बसले ठक्कर दिँदा एक महिला र पुरुषको मृत्यु

काठमाडौंः बिहीबार बिहान ६ बजे बसले ठक्कर दिँदा बालाजुमा दुई जना पैदलयात्रीको मृत्यु भएको छ। बालाजुको गंगा हलअगाडि नम्बर नखुलेको बसले ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो।
मृतकमध्ये एक रसुवाका १८ वर्षीय विकास तामाङ रहेका छन्। महिलाको भने सनाखत हुन सकेको छैन। उनी अन्दाजी ५०/५५ वर्षकी रहेको प्रहरीले जनाएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो।
ठक्कर दिने बससहित चालक फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
फागुन ५, २०७८ बिहीबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।