टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालका दीपेन्द्र ५२औं स्थानमा

काठमाडौंः आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा टी ट्वेन्टी अन्तर्राष्ट्रियतर्फ नेपालका दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका छन्। दीपेन्द्रसिंह ऐरी ५२औं र कुशल भुर्तेल ६५औं स्थानमा रहेका छन्।
केही दिनअघि सम्पन्न चार देशीय श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रको वरियता सुधार भएको हो। उनले सो प्रतियोगितामा एक अर्धशतकसहित एक सय ४२ रन जोडेको थिए।
टी ट्वेन्टी वरियतामा ब्याटिङतर्फ शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम छन्। उनीपछि दोस्रो स्थानमा पनि पाकिस्तानकै मोहम्मद रिजवान रहेका छन्।
यस्तै बलिङतर्फ भने नेपालका कप्तान सन्दीप लामिछाने ६३औं स्थानमा छन्।
फागुन ५, २०७८ बिहीबार १०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।