रुसले युक्रेनको सीमाबाट सेना फिर्ता बोलाएको झुटो हो: अमेरिका

एजेन्सीः युक्रेन र रुसबीचको बढ्दो तनाव अझै साम्य भएको छैन। यसअघि रुसले युक्रेनको सीमाबाट सेना फिर्ता बोलाएको बताए पनि अमेरिकाले सो दावी झुटो भएको बताएको छ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार रुसले पछिल्लो समय बरू सात हजार सेना थप पठाएको बताएका छन्। उनले रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न झुटो बाहना बनाएको बताएका छन्।
यता रुसले भने सैनिक तालिम सकिएकाले सेनाहरू फिर्ता बोलाइएको बताएको छ। पश्चिमा अधिकारीहरूले भने यस्तो कुनै प्रमाण नभएको बताउँदै आएका छन्।
बुधबार रुसको रक्षा मन्त्रालयले एक भिडियो सार्वजनिक गरेको थियो। भिडियोमा रुसी सेनाको ट्याङ्कहरू क्रिमियाबाट हिँडिरहेको देखाइएको थियो। क्रिमिया सन् २०१४ मा रुसले युक्रेनबाट आफ्नो भूमिमा समाहित गरेको भूभाग हो।
फागुन ५, २०७८ बिहीबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।