महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

महोत्तरीः जिल्लाको गौशाला नगरपालिका- १ रामनगरमा हिजो साँझ एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका- ११ का ३५ वर्षीय तेजनारायण महतो रहेका छन्।
गौशालाबाट रामनगरतर्फ जादै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
हिजो बेलुकी पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित प्रहरीले नियन्त्रणमा लिएको छ।
फागुन ५, २०७८ बिहीबार ०८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।