महोत्तरीमा एउटा कुकुरको टोकाइबाट २० जना घाइते

सांकेतिक तस्बिर
महोत्तरीः जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा एउटा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन्। बजराहीमा रहेको एउटा कुखुरा फाराम नजिकै बसिरहने कुकुरले टोकेर स्थानीय २० जना घाइते भएका हुन्।
विगत तीन/चार दिनको अवधिमा सो कुकुरको टोकाइबाट आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीय चन्देश्वर साहले बताए।
घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका थिए। स्थानीयवासी सो कुकुरलाई नियन्त्रणमा लिन जलेश्वर नगरपालिकासँग माग गरेका छन्।
फागुन ४, २०७८ बुधबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।