स्थानीय तहको चुनाव रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं : स्थानीय तहको निर्वाचन मिति विरूद्ध परेको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णय इजलासले उल्ट्याइदिएको छ।
यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको महोत्तरीको भङ्गाहा नगरपालिका-२ का सञ्जीवकुमार साहको रिट दर्ता गर्न न्यायाधीश इश्वर खतिवडाको इजलासले आदेश दिएको हो।
महोत्तरीको भंगवा नगरपालिकाका मेयर संजीवकुमार साहले स्थानीय चुनाव रोक्न माग गर्दै सर्वोच्चमा निवेदिन दिएका थिए। आगामी ३० वैशाखमा चुनाव गर्दा मधेश प्रदेशका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पूरा नहुने दावी उनले गरेका थिए।
२०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन हुँदा मधेश प्रदेशमा तेस्रो चरणमा अर्थात् २ असोजमा भएको थियो। मधेश प्रदेशका जनप्रतिनिधिको पदावधि सकिन ६ महिनाअघि नै चुनाव गर्न लागिएको भन्दै साहले सर्वोच्चमा रिट दिएका थिए।
उनको रिटलाई सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो।
फागुन ४, २०७८ बुधबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।