गण्डकीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा : गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ४२ जनामा गरिएको नमुना परीक्षणमा ५५ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये २६ महिला र २९ पुरुष छन्।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए।
उनका अनुसार कास्कीमा २८, लमजुङमा ६ तनहुँमा ४, स्याङ्जामा ४, नवलपरासी पूर्वमा १, पर्वतमा २, बागलुङमा ३ र म्याग्दीमा ७ जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ लाख एक हजार ६ सय १९ पुगेको छ।
गण्डकीमा हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार चार सय ६१ पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
फागुन ४, २०७८ बुधबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।